नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष 

काठमाडौँ । टी ट्वेन्टी विश्वकप छनोटको  आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष दिएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल १०४ रनमा नट आउट रहे । दिपेन्द्रसिंह ऐरीले ८३ रन बनाए । आसिफ सेखलाई शुन्य र कुशल मल्ललाई १२ रनमा गुमाए पनि कुशल भुर्तेल र ऐरीले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई उच्च योगफलतर्फ अग्रसर गराएका थिए ।

कुशल र दिपेन्द्रले  १ सय ७१ रनको साझेदारी गरे । जुन टी-ट्वेन्टीमा नेपालको सर्बाधिक रनको साझेदारी हो । यसअघि पारस खड्का र आरिफ शेखले १ सय ४५ रनको साझेदारी गरेका थिए ।

कुशलले करियरको पहिलो शतक प्रहार गरे । उनी टी ट्वेन्टीमा शतक प्रहार गर्ने नेपालको तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि यो उपलब्धि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले हासिल गरेका थिए। ५७ बलमा सतक प्रहार गर्ने क्रममा उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *