फिलिपिन्ससँग नेपालको बलिङमा पनि रवाफ

काठमाडाैँ । टी-ट्वेन्टी विश्वकप क्रिकेट छनोटमा फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको नेपालले बलिङमा पनि रवाफिलो प्रदर्शन गरिरहेको छ ।
ठूलो लक्ष्य पछ्याएको फिलिपिन्सका ब्याटर नेपाली बलर सामु निरिह देखिएका छन् । फिलिपिन्सले ४३ रन जोड्दा ५ विकेट गुमाइसकेको छ। उसका लागि ड्यानियल स्मिथले २० रन सर्वाधिक बनाउँदा कप्तान जोनाथन हिल ११ रनमा आउट भएका छन् ।

खेलमा अहिलेसम्म नेपालका कप्तान सन्दीप लामिछानेले ३ तथा जितेन्द्र मुखीया र अभिनास बोहराले  १-१ विकेट लिएका छन्। डेब्यु ब्वाइ गुल्सन झाले २ ओभरमा १५ रन खर्चिएका छन् तर विकेट भने लिन सकेका छैनन् ।

यसअघि नेपालले कुशल भुर्तेलको नटआउट १०४ तथा दिपेन्द्रसिंह एेरीको ८३ रनको मद्दतमा २१८ रनको बिशाल योगफल तयार पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *