बिदाको दिन जाँडरक्सी खाएर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ

धनगढी ।  कैलालीको अत्तरियामा शनिबार जाँडरक्सी खाएर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ परेका छन् । डाेटीकाे दिपायल सिलगढी नगरपालिकाको से१ब ८३८ नम्बरको मोटरसाइकल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरी चलाइएको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । चालक भट्टलाई एक हजार जरिवाना तिराएर छोडिएको छ ।

सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिए पनि मापसे गरेका कारण जरिवाना गराइएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि युवती पनि सवार थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *