गरिमा विकास बैंक र ‘गोल्डस्टार’बीच सम्झौता
मकालु खबर
२०७८ फागुन ८ गते
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र ‘गोल्डस्टार’ लाइफ स्टाइल इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुने र अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।
मकालु खबर
२०७८ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित