मेराे माइक्रोफाइनान्स लघुवित्तद्वारा महिला केन्द्रलाई सहयोग
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनमैजुले तारकेश्वर नगरपालिका–४ लोलाङ्गस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।
संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्रबहादुर लामा महिला केन्द्रका प्रमुख उमादेवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समूहमार्फत संस्थाले महिलाको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापमा सहयोग गर्दै आएकोमा लघुवित्तप्रति आभार व्यक्त गरे ।
त्यस्तै, संस्थाका शाखा प्रबन्धक लामाले महिलाहरु समूहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज विकासमा परिवर्तन आएको समेत बताए ।
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेकाे मेरो माइक्रोफाइनान्स लघुवीत्त वित्तीय संस्थाका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिब १ लाख ८० हजार घरपरिवारलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको जनाएकाे छ ।