विश्वकप छनाेट

नेपाल सेमिफाइनलमा, फाइनलमा यूएईसँग खेल्ने

काठमाडौँ । नेपाल टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको आफ्नो तेस्रो खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समुहको बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल तीनै खेलमा अविजित रह्यो । नेपालले अब विश्वकपमा छनोट हुनका लागि यूएईसँग मंगलबार खेल्नेछ ।

यो खेल जिते नेपाल प्रतियोगिताको फाइनल पुग्नेछ । फाइनल पुगेमा नेपाल टी-ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनोट हुनेछ ।

मात्र ८१ रनको लक्ष्य नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कुशल भुर्तेलले नटआउट ३४ र दिपेन्द्रसिंह ऐरीले नटआउट २७ रनको योगदान गरे । आसिफ शेख १७ रन बनाए भने कुशल मल्ल शुन्य रनमा आउट भए ।

यसअघि, ओमानमा टस जितेर ब्याटिङ रोजेको क्यानडा १५ ओभरमा ८० रनमै अलआउट भयो । क्यानडालाई कमजोर योगफलमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरी र अविनास बोहोराले २–२ र कुशल मल्लले १ विकेट लिए ।

नेपालले शुरुदेखि नै धारिलो बलिङ गर्दै क्यानडाका ब्याटरलाई दबाबमा राखेको थियो । क्यानडाका  क्यानडाका रायन पठानले १४ र नबनित धालिवालले १८ सलमान नजारले १० र डोलियन हेलिगरले नटआउट २४  रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

४८ रन जोड्दा ९ विकेट गुमाएको क्यानडाले दशौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै स्कोर केही बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *