देशमा देखिएका समस्याहरू सहमतिबाटै हल गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए ।

उनले समयमा नै निर्वाचन सम्पन्न गर्दै विभिन्न समयमा प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए । उनले आफूले राम्रो काम गर्दा विरोध गर्ने क्रम बढेको भन्दै आगामी दिनमा व्यापक रूपमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गरे । विगतको सरकारको पालामा भएका विकृतिलाई हटाउन आफू लागीपरेको उनको भनाइ छ । उनले हालै सार्वजनिक भएको आफ्नो अडियो प्रकरण पूर्ण रुपमाा सत्य नभएको धारणा राखे ।

मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *