युएईको तेस्रो विकेट अविनासको नाममा
मकालु खबर
२०७८ फागुन १० गते
काठमाडौँ । टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग खेलिरहेको नेपालले तेस्रो विकेट लिएको छ । टस जितेर ब्याटिङ् रोजेको युएईको तेस्रो विकेट नेपालका अविनास बाहोराले लिए । यसअिघ जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।
१७ औँ ओभरको खेल चल्दै गर्दा युएईले ३ विकेट गुमाएर १४० रन बनाएको छ ।
जितेन्द्रले दोस्रो ओभरमै युएईको विकेट लिएका थिए । तर त्यसपछि युएईले आक्रामक ब्याटिङ गरेको थियो । ६ रनमा पहिलो विकेट गुमाएको युएईले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । युएईका १९ बर्षीय ब्याट्स्म्यान अरबिन्दले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ४६ रन बनाए । उनलाई सन्दीपले आउट गराएका थिए । अर्का ब्याटर मोहम्मद वासिमले ३२ बलमा अर्धशतक पूरा गरेर खेलिरहेका छन् । आजको विजेता टी ट्वेन्टी विश्वकपमा छनोट हुनेछ ।
मकालु खबर
२०७८ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित