महिन्द्रा इलेक्ट्रिकको ट्रियो अटो रिक्सा सार्वजनिक

काठमाडौँ । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओनबाट सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो नेपाली बजारमा सर्वाजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच सर्लाहीको मलंगवा–३ मा उक्त अटो सार्वजनिक गरेको हो ।

समारोहमा मलंगवाका स्थानीय प्रतिनिधि तथा कम्पनीका प्रतिनिधिको उपस्थितिमा अटो सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ ।

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभीवितरक अग्निइनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।

महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँको बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *