‘म यस्तो गीत गाउँछु-२’बारे पूजा शर्मा भन्छिन् – गाली र ताली दुवै स्वीकार्य छ
काठमाडौँ । नायिका पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त चलचित्रको बारेमा निर्माता तथा अभिनेत्री शर्माले चलचित्रबारे दर्शकलाई हलसम्म आएर हेरिदिन अनुरोध गरेकी छन् ।
प्रिमियरमा पल अनुपस्थित : पूजाले रुँदै भनिन्- ‘हामीमाथि बज्रपात पर्यो’
लामो समयदेखि कोरोना महामारीका कारण थलिएको चलचित्र उद्योगमा नयाँ चलचित्र रिलिज गर्ने कुरा चुनौतीपूर्ण रहेको उनले बताइन् । यस्तै उनले चलचित्र निर्माणमा धेरै मेहनत गरेको भन्दै दर्शकको ताली र गाली दुवै स्वीकार्य हुने पनि बताएकी छन् ।
यस्तो उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस
एउटी आमालाई नौ महिनासम्म सन्तान पेटमा राखेर जन्म दिन निक्कै नै कष्टपूर्ण हुन्छ । तर, सन्तानको जन्मपछि आफूले भोगेका सबै पीडाहरु आमाले भुलिदिन्छिन् र मुस्कुराउँछिन् ।
आज म त्यस्तै महशुश गरिरहेकी छु । हामीलाई ‘म यस्तो गीत गाउँछु २’ नामक हाम्रो सन्तान जन्माउन त साढे २ बर्ष भन्दा बढी लाग्यो ।
विभिन्न हन्डर, ठक्कर र बज्रपातका बाबजुत आज हामीले सन्तानलाई जन्म दिएका छौ र हजुरहरुमाझ प्रस्तुत गरेका छौ । अब, हामीले निक्कै मिहिनेतका साथ जन्माएको सन्तान तपाइहरुको अगाडि छ । यसलाई माया दिने, हुर्काउने र बढाउने जिम्मा यहाँहरुकै हो ।
एउटा सुन्दर प्रेमकथामा सांगीतिक लभ स्टोरी चलचित्र बनाउने कोशिश गरेका छौ । तपाइको गाली र ताली दुबै स्विकार्य छ ।
नेपाली चलचित्र क्षेत्रले नै २ बर्षदेखि भोगेको पीडालाई यो चलचित्रले थोरै भएपनि मल्हम लगाउने अपेक्षा गरेका छौ । बाकी, भगवान् रुपी दर्शकको हातमा ।