सिटीको संघर्षपूर्ण जित, युनाइटेड रोकियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकाल्दा म्यानचेस्टर युनाईटेड भने बराबरीमा रोकिएको छ । सिटीले एभर्टनलाई १-० ले पराजित गर्दा म्यानचेस्टर युनाईटेड वार्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

सिटीको जितमा फिल फोडेनले ८२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । गोडिसन पार्कमा विवादित बनेको खेलमा एभर्टनले गोलका केही राम्रा मौकाहरू सदुपयोग गर्न सकेन । सिटीले पनि खेलमा दबाब दिएपनि गोलका लागि भने अन्तिम समय सम्म पर्खनु परेको थियो ।

जितपछि सिटीको २७ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको लिभरपुलको २६ खेलबाट ६० अंक रहेको छ । बराबरीपछि पनि युनाईटेड ४७ अंकका साथ चौथो स्थानमा कायमै छ ।

शनिबारनै भएका खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई २-० तथा एस्टन भिल्लाले ब्राइटनलाई २-० ले पराजित गर्‍यो । बर्नलीले पनि क्रिश्टल प्यासलेसँग १-१ गोलको बराबरी खेल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *