पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मकालु खबर
२०७८ फागुन १५ गते
काठमाडौँ । जबर्जस्ती करणी सम्बन्धी मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको मुद्दामा शाहलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई त्यहाँबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । शाहविरुद्ध गत फागुन ११ गते जबरजस्ती करणीको मुद्दा दायर गरिएको हो ।
मकालु खबर
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित