नेप्से ४३ अंकले घट्यो, साढे ३ अर्बको कारोबार
मकालु खबर
२०७८ फागुन १६ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
यस दिन सेयर बजार परिसूचक (नेप्से) ४३.१० अंकले घटेर २६१०.६१ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन ६.६४ अंकले घटेर यस दिन ५००.२१ बिन्दुमा ओर्लिएको छ ।
यस दिन ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८ सय ६८ रुपैयाँमा ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस दिन सबै कम्पनीका उपसूचकहरु राताम्ये भएका छन् ।
मकालु खबर
२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित