नाबालिगकाे संरक्षण कानुनकाे सम्मान हाे : नायिका ऋचा शर्मा
मकालु खबर
२०७८ फागुन १७ गते
काठमाडाैँ । नायिका ऋचा शर्माले नाबालिग संरक्षणकाे जिम्मा राज्यकाे भएकाे बताएकी छन् ।
मंगलवार सामाजिक सञ्जालमा लेख्दै नायिका शर्माले मुलुकी अपराध संहिताले १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार मानेकाे भन्दै कानुनअनुसार नाबालिगकाे संरक्षण राज्यकाे कर्तव्य भएकाे उल्लेख गरेकी हुन् ।
त्यस्तै, उनले नाबालिकाप्रति भएकाे दुर्व्यवहार कुनै पनि बाहानामा कानुनले छुट नदिने समेत उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !’
उनले अगाडि भनेकी छन्, ‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।’
मकालु खबर
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित