भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो
मकालु खबर
२०७८ फागुन १७ गते
भक्तपुर । महाशिवरात्रिको अवसरमा भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।
महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरको दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेवमा पनि भक्तजनहरू पुगेका छन् ।
शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ ।
मकालु खबर
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित