एमसीसी अब कार्यान्वयन गरौँ : एमाले
मकालु खबर
२०७८ फागुन १७ गते
काठमाडौँ । नेकपा एमालेले एमसीसी सदनबाट पारित भइसकेकाले अब यसको कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी एमालेले संसदबाट पास भइसकेकाले अब एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएको हो । एमसीसीलाई प्रयोग गरेर अब जनमत विभाजन गर्न नहुने पनि एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा एमसीसीबारे एमालेको वक्तव्य एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए । त्यसपछि उठेका प्रश्नको उत्तर अध्यक्ष केपी शर्मा ओलीले दिएका थिए ।
मकालु खबर
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित