कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा नष्ट
मकालु खबर
२०७८ फागुन १७ गते
काठमाडाैँ । भक्तपुरको कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले नष्ट गरेको छ । मंगलबार बिहान ७ बजेतिर भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले नष्ट गरेको प्रहरीले जनाएको छ ।
कौशलटारको कमलधारामा रहेको मिलिजुली हार्डवेयरको छेउमा शंकास्पद तरिकाले प्रेसर कुकर भेटिएपछि नागरिकले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि पुगेका सुरक्षाकर्मीले नेपाली सेनालाई खबर गरेका थिए । सेनाको टोलीले उक्त प्रेसर कुकर डिस्पाेज गरेको हो । कुकरभित्र बिजुलीको केही तार, इँटाको धुलो र ‘नो एमसीसी’ लेखिएको कागज भेटिएको पनि प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित