सानिमा बैंकको नयाँ शाखा काभ्रेको पाँचखालमा
मकालु खबर
२०७८ फागुन १७ गते
काठमाडौँ । सानिमा बैंकले काभ्रेको पाँचखाल तामाघाटमा नयाँ शाखा स्थापना गरेको छ । शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका छन् ।
खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ दिँदै सबल अनि विश्वसनीय बैंककोको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
मकालु खबर
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित