नेपाल सुपर लिग अक्शन : तीन क्याटगोरीमा २ सय ४० खेलाडी

काठमाडाैँ । नेपालको प्रतिष्ठित फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि यो पटक खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गर्दै अक्शन गरिने भएको छ । जसका लागि २ सय ४० खेलाडीमा आगामी शुक्रबार बोली लगाइने छ । मंगलबार अक्शनका लागि २ सय ४० खेलाडीको लिस्ट सार्वजानिक गरिएको हो ।

गत संस्करणमा भन्दा यो पटक एनएसएलमा तीन टीम बढाइएको छ । जसका कारण यो पटक १० टिमले खेलाडी छनोट गर्ने छन् । अघिल्लो संस्करणमा एक टिममा २० खेलाडी राख्न दिइएकोमा यो पटक त्यसलाई बढाएर २३ पुर्याइएको छ । पहिलो संस्करणमा तीन जनामात्र विदेशी खेलाडी राख्न पाउने नियमलाई यो पटक बढाएर ५ पुर्‍याइएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक कमिटीले यो पटकको अक्सनमका लागि तीन श्रेणीमा खेलाडीलाई छुट्याएको छ । जसमा ए श्रेणीमा ४० खेलाडीलाई राखिएको छ भने बी र सी मा समान १-१ सय खेलाडी राखेको छ ।

यो पटकको एनएसएलमा सहभागिता तीन नयाँ टिममा झापा एफसी,  स्पोर्टिङ इलाम र बिरगञ्ज एफसी रहेका छन । जसमा झापा एफसीले मार्की खेलाडीका रुपमा अञ्जन विष्टलाई लिइसकेको छ भने अरु टिमले पनि आन्तरीक रुपमा मार्की खेलाडी फाइनल गरिसकेपनि सार्वजनिक भने गरेका छैनन् ।

यो पटकको एनएसएलका लागि कुल २२ जना मार्की खेलाडीको सूची तयार पारिएको थियो । मार्की खेलाडी हुन नसकेका खेलाडीमाथि पनि अक्सनमा बोली लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *