राष्ट्रसंघ महासभामा नेपाल- ‘रुस-यूक्रेनले निष्ठापूर्वक वार्ता जारी राख्नुपर्छ’
काठमाडाैँ । संयुक्त राष्ट्रसंघकाे महासभामा नेपालले यूक्रेनकाे पक्षमा मतदान गरेकाे छ । महासभामा नेपालकाे तर्फबाट प्रतिनिधित्व गरेका अमृत राईले नेपाल जहिल्यै पनि शान्ति चाहने बताउँदै यूक्रेनकाे पक्षमा नेपालकाे मत रहेकाे सुनाए ।
द्वन्द्व व्यवस्थापनकाे लागि दुईपक्षीय कूटनीतिक वार्ताकाे विकल्प नरहेकाे उल्लेख गर्दै प्रतिनिधि राईले भनेका छन्, ‘शान्ति स्थापना र त्यसलाई दीगाे बनाउन कूटनीतिक संवादकाे विकल्प छैन । हामी दुवै पक्षलाई यस द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न र यूराेपकाे शान्तिका लागि राजनीतिक समाधान खोज्न धेरै निष्ठापूर्वक वार्ता जारी राख्न आग्रह गर्दछाैँ ।’
भगवान् गाैतम बुद्ध जन्मिएका देश नेपालले सधैँ शान्ति, सार्वभाैमिकता र स्वाधीनता चाहने सुनाउँदै प्रतिनिधि राईले भनेका छन्— ‘रुस र यूक्रेनले शान्तिपूर्ण बाटाेबाट समाधान खाेज्नुपर्छ ।’