प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत्रमा हुने

काठमाडाैँ । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ संघ र खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ७० देखि ८० खेलाडीको सहभागिता रहने प्रतियोगीताका संयोजक प्रकाश थापा मगरले जानकारी दिए । विद्यालयदेखि नै खेलाडीको बिकासका लागि प्रतियोगीता महत्वपूर्ण हुने उनकाे भनाई छ ।

प्रतियोगीतामा ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५,५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ३५,४०,४३,४६,४९,५२,५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *