दीपेन्द्र आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयनमा, कसरी गर्ने भोट ?
काठमाडौँ । नेपाली राष्ट्रीय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘महिनाको उत्कृष्ट खेलाडी’ (प्लेअर अफ दि मन्थ) को मनोनयनमा परेका छन् ।
परिषदले बुधवार सार्वजनिक गरेको फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्र पर्न सफल भएका हुन् । मनोनयनमा उनीसँगै भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द छन् । यी तीनजनामध्ये भोटिङका आधारमा एकजनालाई प्लेयर अफ दी मन्थ घोषणा गरिने परिषदले जनाएको छ ।
दिपेन्द्रले आईसीसी टी–ट्वेन्टी विश्वकप, त्यसअघि भएको ओमान, यूएई र आयरल्यान्डसँगको त्रिदेशिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप छनोटमा उनले १ सय ५९ रन बनाउनुका साथै ६ विकेट लिएका थिए ।
त्रिदेशीय शृङ्खलामा उनले १ सय ४२ रन बनाउँदै चार विकेट लिएका थिए ।
भारतीय ब्याटर अय्यरले वेस्ट इन्डिज र श्रीलङ्कासँगको खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए भने यूएईका अरविन्दले टी–ट्वेन्टी विश्वकप छनोटमा दुई सय ६७ रन बनाए । यूएईलाई विश्व कपमा छनोट गराउन उनको ब्याटिङको महत्वपूर्ण भूमिका थियो । अरबिन्द १९ बर्षका किशोर खेलाडी हुन् ।
मनोनयनमा परेका खेलाडीलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्