क्लासिक टेककाे भगिनी कम्पनी काराे फिल्म्सले लियाे ‘लू’ काे कपिराइट
काठमाडाैँ । आख्यानकार नयनराज पाण्डेकाे चर्चित कृति ‘लू’माथि चलचित्र बन्ने भएकाे छ । पाण्डेकाे उपन्यास लूमाथि चलचित्र निर्माणका लागि क्लासिक टेकको भगिनी कम्पनी ‘कारो फिल्म्स’ले कपिराइट लिएकाे छ ।
क्लासिक टेककाे मुख्य कार्यालयमा भएकाे एक कार्यक्रममा कारो फिल्म्स प्रालिका प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच उपन्यास लूकाे कपिराइट हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
चलचित्र लूको पटकथा पनि नयनराज पाण्डेले नै लेख्ने कारो फिल्म्स प्रालिका प्रबन्ध निर्देशक निशा खरेलले बताइन् ।
त्यस्तै, खरेलले नेपालमा गुणस्तरीय र राम्रा फिल्म निर्माण गर्ने उद्देश्यले काराेकाे स्थापना भएकाे र काराेले नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउने समेत बताएकी छन् ।
नयाँ र अत्याधुनिक प्रविधिको फिल्मी सामग्रीहरू नेपालमा भित्र्याउने प्रक्रिया समेत अन्तिम चरणमा रहेको काराेले जनाएकाे छ ।
काराेले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारीसमेत सिर्जना गर्ने कम्पनीले बताएकाे छ ।