अब्रामोभिचको सम्पत्ति रोक्का, चेल्सी क्लब बेच्न नपाउने

काठमाडौँ । इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको समाचारले चर्चा पाइरहँदा बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्रामोभिचको सम्पती रोक्का गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रुसी अर्वपती तथा चेल्सीका मालिक अब्रामोभिचले क्लब बेच्न नपाउने भएका छन् ।

यसअघि अब्रामोभिचले चेल्सीको भविष्यलाई ध्यानमा राख्दै क्लब बेच्ने कठिन निर्णय गर्नुपरेको बताएका थिए । उनले चेल्सी बेचेर प्राप्त हुने रकम रसिया र युक्रनबीचको युद्धा प्रभावितका लागि खर्च गर्ने बताएका थिए ।

प्रतिबन्ध पछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भने ‘युक्रेन माथि भइरहेको आक्रमणको समर्थन गर्नेहरूका लागि कुनै सुरक्षित स्थान हुन सक्दैन । युक्रेनका जनताका लागि बेलायतकोअटुट समर्थन छ । आजको यो कदम नयाँ खालको हो, नागरिकको हत्या गर्ने, अस्पताल नस्ट गर्ने, र सम्प्रभुता नस्ट गर्नेका विरुद्ध कडा कदम चालिने छ ।’

अब्रामोभिचको घोषणापछि क्लबको स्वामित्वका लागि पर्याप्त चासो देखिए पनि बेलायत सरकारले प्रतिबन्ध लगाएसँगै चेल्सीको भविष्य अब अनिश्चित बनेको छ । रुसी राष्ट्रपती भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध भएका कारण बेलायत सरकारले अब्रामोभिचको सम्पतीमाथि रोक्का लगाएको हो । रुसले युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि विश्वभरका खेलकुद निकायले रुसका सबै खाले अन्तराष्ट्रिय खेलबाट रुसलाई अलग्याउँदै आएका छन् ।

‘अब्रामोभिच युक्रेनमाथि सैन्य कारवाहीको आदेश दिने व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका छन् र, उनको संघले पुटिन र रुसबाट सहयोग पाइरहको छ ।’ आर्थिक प्रतिबन्ध लगाएपछि जारी विज्ञप्तीमा भनिएको छ ।

बेलायत सरकारको यो निर्णय पछि अब उनले के गर्लान् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *