प्रकाश सपूतलाई माओवादी युवा नेताको धम्की
काठमाडौँ । प्रकाश सपूतको नयाँ गीत ‘पिर…’ विवादित बनेको छ । शुक्रबार उनको आफ्नै युट्युबमार्फत सार्वजनिक भएको गीत विवादित बनेको हो ।
माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरूले विरोध जनाएका छन् । नेता-कार्यकर्ताहरूले सामाजिक सञ्जालमा रोष प्रकट गरेका हुन् ।
वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको तर्क गरे ।
यस्तै माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले गीतको भिडियो युट्युबबाट तत्काल हटाउन चेतावनी दिएकी छन् । ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युट्युबमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ,’ उनले भनेकी छन्, ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईँलाई बुझाइ रहनुपर्ने हो ?’
माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ ।
याे पनि : विवादमा प्रकाश सपूतको ‘पिर…’