एनआईसी एसिया सर्वश्रेष्ठ बचत : एउटै खाताबाट ४ जनाले पाउँछन् ८४ लाखकाे बीमा !
काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकहरू सर्वश्रेष्ठ बचत खाता योजनामा अझ बढी सर्वश्रेष्ठ अर्थात् उच्चतम लाभ दिने गरी सञ्चालनमा ल्याएको छ ।
ग्राहकका लागि नयाँ नयाँ तथा आकर्षक योजना ल्याउँदै आएको बैंकले यस पटक अझ बढी परिमार्जनसहित सर्वश्रेष्ठ बचत खाता योजा ल्याएको जनाएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत यसअघि खाता खोलेका ग्राहकले समेत यी सबै लाभ बिना कुनै थप शुल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत बैंकमा १ जनाले खाता खोल्दा खातावालाले मनोनित गरेका अन्य ३ सहित ४ जनाले ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ । यसका लागि खाता वालाले आफू र आफ्नो परिवारका अन्य तीन जना वा आफूले नियुक्त गरेका अन्य ३ जनाले समेत बीमा सुविधा पाउने छ । यो नेपालको बैंकिङ क्षेत्रको नौलो र आकर्षक योजना भएको बैंकको भनाई छ ।
सर्वश्रेष्ठ बचत खातामा बीमासम्बन्धी ३ किसिमका, कर्जासम्बन्धी ३ किसिमका र अन्य १८ वटा गरी कुल २४ किसिमका फाइदा ग्राहकले पाउने बैंकले जनाएको छ । यो सेवा खाता सञ्चालनमा रहेको अवश्थामा ५ वर्षसम्म कुनै शुल्क नतिरी प्राप्त गर्न सकिने बैंकले जाएको छ ।
सर्वश्रेष्ठ बचत खाता अन्तर्गत पनि बैंकले ३ प्रकारका खाता योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत स्थानीय बचत तथा मुद्दती, रेमिट्यान्स बचत र तलब बचत खाता रहेका छन् ।
यी तीन ओटै खातामा तीन वर्गका सुविधा पाइन्छन् । सुविधा अनुसार बैंकले ‘एनआईसी एसिया गुडविल एम्बेस्डर’, ‘द प्राइड अफ एनआईसी एसिया’ र ‘द पार्टनर आफ एनआईसी एसिया’ गरी ३ वर्गमा बिभाजन गरेको छ । यी ३ ओटै वर्गका खातामा सुविधा फरक फरक हुन्छन् ।
जस्तो कुनै पनि बचत खाताअन्तर्गत ‘एनआईसी एसिया गुडविल एम्बेस्डर’ वर्गको सुविधा र अनुसारको खाता खोल्ने हो भने यसमा सबैभन्दा बढी लाभ पाइन्छ । यसको आधा लाभ द प्राइड र प्राइडको भन्दा पनि आधा मात्रै लाभ पार्टनर अफ एनआईसीमा पाइन्छ ।
बीमा सम्बन्धी ३ सर्वश्रेष्ठ फाइदा के के छन् ?
द गुडविल एम्वेस्डर श्रेणीको बचतमा खातामा खाता वालाले १० लाखको दुर्घटना बीमा, १० लाखको घातक रोग बीमा र १ लाखको औषधी उपचार(अस्पताल भर्ना ८० हजार र ओपीडी २० हजार) बीमा गरी २१ लाखको सुविधा पाउँछ ।
त्यस्तै, यो श्रेणीमा खातावाले मनोनित गरेका अन्य ३ जनाले समेत ५ वर्षका लागि २१/२१ लाखको बीमा सुविधा पाउँछन् । यसरी यो श्रेणीको अन्तर्गत १ जनाले खाता खोल्दा कुल ४ जनाले ८४ लाख रुपैयाँसम्मको बीमा पाउँछन् । तर, निक्षेप राख्नु पर्ने रकम पनि आधा आधाले नै फरक हुन्छ । जस्तै, सर्वश्रेष्ठ स्थानीय बचेत अन्तर्गत गुडविल एम्बेस्डरको सुविधा लिने हो भने न्युनतम १० हजार रुपैयाँमा खाता खोल्न पाइन्छ ।
त्यस्तै, द प्राइड अन्तर्गत खाताखोल्न न्युनतम ५ हजार लाग्छ । यसमा खातावाल र उसले मनोनित गर्ने १ गरी २ जनाले ४२ लाखको बीमा सुविधा पाउँछन् । द पार्टनरमा २५ सयमै खाता खोल्न पाइन्छ । तर, यसमा खातावाले मात्रै २१ लाखको बीमा सुविधा पाउँछ ।
खाताको प्रकार अनुसार भने यी तीनओटै वर्गमा राख्नुपर्ने न्युनतम मौज्दात र पाउने बीमा सुविधालगायत रकममा भने केही फरक हुन्छ ।
उदाहरणका लागि तालिका हेर्नुहाेस्
कर्जासम्बन्धी ३ फाइदा
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र बचतको आधारमा पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ग्राहकको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको बैंकको भनाई छ ।
बचत योजना अनुरुप ग्राहकले मनोनयन गरेको व्यक्तिले बीमा फाइदा उपयोग गर्नका लागि एनआईसी बैंकमा शून्य मौज्दातमै बचत खाता खोली बीमा फाइदा उपयोग गर्न सक्ने जनाएको छ । ग्राहकले मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई स्किम ट्रान्सफर गरि बीमा फाइदा उपभोग गर्न सकिनेछ ।
उदाहरणको लागि यदि ग्राहकको खातामा पछिल्लो तीन महिनामा औसत १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहकले १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरि सो कर्जा रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था बैंकले गरेको छ ।
बचत खातामै मुद्दती निक्षेपको ब्याजसमेत प्राप्त गर्न सकिने सुविधा समेत रहेको बैंकले जनाएको छ ।
१८ अन्य लाभ
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ ।