नेपाली भूमि गुञ्जीमा १ सय फिट अग्लाे भारतीय झण्डा राख्ने तयारी

दार्चुला । भारतले दार्चुलास्थित नेपाली भूमि गुञ्जीमा भारतीय झण्डा राख्ने भएकाे छ ।

भारतीय पत्रिका अमर उजालाले उल्लेख गरेअनुसार भारतले गुन्जीमा ४५ लाख खर्चेर १ सय फिट अग्लाे झण्डा राख्न लागेकाे हाे ।

गत शनिवार प्रकाशित एउटा समाचारमा अमरउजालाले लेखेकाे छ, ‘भारत चीन र नेपालकाे सीमासँगै समुद्र सतहबाट करिब ३२ सय मिटर अग्लाे स्थानमा रहेकाे गुञ्जीमा १ सय फिट अग्लाे झण्डा लहराउने भएकाे छ । यसकाे सम्पूर्ण तयारी भइसकेकाे छ । चाँडै नै जिल्ला प्रशासनले जिल्ला याेजनाबाट करिब ४५ लाखकाे लगानीमा उक्त स्थानमा झण्डा राख्नेछ ।’

भारतले झण्डा राख्न लागेकाे उक्त स्थान सरकारले जारी गरेकाे नक्साअनुसार नेपालमा पर्दछ । २०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेत समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *