भक्तपुर उद्योग वाणिज्य संघ र असोज इन्स्योरेन्सबीच सम्झौता
मकालु खबर
२०७८ चैत १ गते
काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघ र अजोज इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।
सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारे ।
सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मकालु खबर
२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित