लिग टू क्रिकेट : पीएनजीद्वारा नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । यूएईमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो ।

पीएनजीका पीएनजीका चार्ल्स अमिनीले ५९, टोनी उराले २७ र लेगा सिएगाले २५ रन बनाए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले एक एक विकेट लिए । १० ओभर बलिङ गरेको दिपेन्द्र सिंह ऐरीले विकेट लिन सकेनन् । उनको बलिङ भने किफायती रह्यो उनले १० ओभरमा मात्र ३० रन दिए । १० ओभर नै बलिङ गरेको सन्दीपले पनि ३० रन खर्चिए । सोमपालले १० ओभरमा ४८ रन खर्चिए ।

२ ओभर मात्र बलिङको मौका पाएका ज्ञानेन्द्रले ६ रन खर्चिएर १ विकेट लिए । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो ।

नेपालले प्रतियोगितामा यो तेस्रो शृंखला खेलिरहेको छ। श्रृंखलामा नेपाल, पपुवा न्युगिनी र यूएई छन् । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित यो प्रतियोगिता अन्तर्गत नेपालले मार्च १८ र २१ मा यूएई तथा २२ मा पीएनजीसँग खेल्नेछ । एकदिवसीय प्रतियोगितामा नेपाल पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *