रोहितको अर्धशतकसँगै सम्हालिँदै नेपाल

काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको २०५ रनको लक्ष्य पाएको नेपाल ब्याटिङमा केही सम्हालिएको छ । ४२ रन बनाउन ४ विकेट गुमाएको नेपाल ३१ ओभरमा थप विकेट नगुमाइ ११९ रन बनाएको अवस्थामा पुगेकाे छ ।

नेपालका रोहितकुमार पौडेलले ५० रन पूरा गरेका छन् । यो उनको एक दिवसीयमा चाैथाे अर्ध शतक हो । आरिफ शेख २९ रनमा नटआउट छन् । रोहितले ७१ बलमा ४ चाैकासहित नटआउट ५० रन बनाएका हुन् ।

नेपाललाई अब जितका लागि १८ ओभरमा ८६ रन आवश्यक छ ।

नेपालले टिमको स्कोर १ रन हुँदा नै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । टीमको स्कोर छ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा नेपालको स्कोर २४ रन थियो । नेपालको स्कोर ४२ रन हुँदा चौथो विकेटका रुपमा आशिफ शेख आउट भए । उनले ४० बलमा १६ रन बनाए ।
नेपाल दबाबमा परेका बेला ब्याटिङको जिम्मेवारी पाएका रोहित र आरिफले सुझबुझपूर्ण ब्याटिङ गरिरहेका छन् ।

पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको छ ।

नेपालका सोमपाल कामीले ३ तथा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले एक एक विकेट लिए । १० ओभर बलिङ गरेको दिपेन्द्र सिंह ऐरीले विकेट लिन सकेनन् । उनको बलिङ भने किफायती रह्यो उनले १० ओभरमा मात्र ३० रन दिए । १० ओभर नै बलिङ गरेको सन्दीपले पनि ३० रन खर्चिए ।

२ ओभर मात्र बलिङको मौका पाएका ज्ञानेन्द्रले ६ रन खर्चिएर १ विकेट लिए । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो । पीएनजीका चार्ल्स अमिनीले ५९ रन बनाए ।

नेपालले प्रतियोगितामा यो तेस्रो शृंखला खेलिरहेको छ। श्रृंखलामा नेपाल, पपुवा न्युगिनी र यूएई छन् । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित यो प्रतियोगिता अन्तर्गत नेपालले मार्च १८ र २१ मा यूएई तथा २२ मा पीएनजीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *