राहदानी विभागको ‘सफ्वेयर होल्ड’ गर्ने गिरोह सक्रिय, ६ जना पक्राउ (भिडिओसहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले झुटा विवरण पेश गरी ‘सफ्टवेयर होल्ड’ गरेकाे आराेप लागेका ६ जनालाई मुद्दा चलाउने तयारी गरेको छ ।  कार्यालयबाट राहदानी लिन आउने सेवाग्राहीलाई सफ्वेयर खाली नभएको भन्दै बढी शुल्क लिने समूहलाई नियन्त्रणमा लिइएकाे प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । यसरी पक्राउ पर्नेहरूमा मेरो फोटो स्टूडिओ, बुढाथोकी फोटो स्टूडिओ र गार्डेन फोटो स्टूडिओसहित केही बाहिर ल्यापटप लिएर काम गर्दै आएका व्यक्तिहरू छन् । जसमध्ये १० जनालाई सोधपुछका लागि प्रहरील पक्राउ गरेकाे छ ।

त्यसैको आधारमा प्रहरीले ६ जनालाई मुद्दा चलाउने तयारी गरेको हाे । कार्यालयले दैनिक ७० देखि ८० वटासम्म राहदानीको लागि फोटो खिच्ने र विवरण रुजु गरेर अनलाईन समिट गर्दै आएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले तीनवटा डेस्कमार्फत भेरिफाई र समिटको लागि कर्मचारीको व्यवस्थापन गरेकाे छ । तीन जना कर्मचारीमार्फत ७० देखि ८० जनासम्मको ईन्ट्री गर्ने, फोटो खिच्ने र भेरिफाई गर्ने काम हुँदै आएको छ ।

कार्यालयमार्फत यो अहिलेसम्म राम्रोसँग नै चलेको थियो । हरेक १५ दिनमा सेवाग्राहीले सहज सेवा लिँदै आएकोमा पछिल्लो समय डेटप्याक भएको र ईन्ट्री नपाएको गुनासो नागरिकबाट प्रमुख जिल्ला अधिकारीसम्म पुगेको थियो । प्रजिअ दाहालसमक्ष सेवाग्राहीले आगामी मे ३० तारिखसम्मको निवेदन दर्ता गर्न नपाउनेगरी प्याक भएको र ईमरजेन्सीको लागि पनि राहदानीको निवेदन दर्ता गर्न नपाएको गुनासो आएपछि प्रजिअले स्थानीय कम्युटर सेन्टर र फोटो स्टूडिओमा निगरानी बढाएका थिए ।

एक हप्ताअघिदेखि यो समस्या आएपछि कार्यालयले राहदानी विभागमा सम्पर्क राखेर समस्याको बारेमा सोधीखोजी थालेको थियो । झण्डै अढाई महिनासम्मको लागि फर्म नै ईन्ट्री हुन नसक्नेगरी प्याक भएपछि जिल्ला प्रशासन कार्यालयमा समस्या देखिएको थियो । राहदानी विभागमा कुनै समस्या नभएको र छोटो समयमा यतिका धेरै कसरी राहदानीका लागि फर्म भरे भन्ने अनुसन्धनका क्रममा स्थानीय कम्युटर सेन्टर र फोटो स्टूडिओ तानिएका थिए ।

सेवाग्राहीको गुनासोका आधारमा कम्युटर सेन्टर, फोटो स्टूडिओ संचालक र बाहिर ल्यापटपमार्फत काम गर्ने १० जनाका सामाग्रीसहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । उनीहरूमध्ये ६ जना अनुसन्धानमा तानिएको उनले बताए ।

गलत विवरण सफ्टवेयरमा हाली होल्ड गर्ने तथा अर्को सेवाग्राहीबाट शुल्क लिएर विवरण ईडिट गर्ने समूहमध्येका ६ जनालाई अनुसन्धान थालिएको प्रजिअ दाहालले बताएका छन् । यसरी प्रहरीमा रहेकामा ३ जना मेरो स्टूडिओ पसलका नियन्त्रणमा लिइएकाे र बाँकी ३ जना बाहिर ल्यापटपबाट विवरण भर्ने व्यक्तिहरू रहेका छन् ।

उनीहरूले प्रयोग गर्दै आएको कम्युटर र ल्यापटपसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ । ‘मोरङ जिल्लाबाट कति विवरण भरिएको छ, त्यसको विवरण राहदानी विभागबाट माग गरिएअनुसार कतिजनाले एप्लाई गरेका छन् भन्ने प्राप्त विवरणका आधारमा हजारौँको संख्यामा डमी र गलत विवरण राखेर होल्ड गरिएको छ, प्रजिअ दाहालले मकालुखबरसँग भनेका छन्— ‘गलत विवरण राखेर सफ्टवेयर होल्ड गरेर राखिएको र पछि त्यो सफ्टवेयर ईडिट गरेर विवरण हाल्ने र सेवाग्राहीबाट बढी शुल्क लिन गरेको पाइएकाे छ ।’

सेवाग्राहीलाई दु:ख दिने, बढी रकम लिने, प्रशासन कार्यालय र राहदानी विभागलाई बद्नाम गराउने खालको काम हुन थालेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको दाहालको भनाइ छ । बाहिर सेवाग्राही ठगिन थालेपछि र दु:ख दिने काम हुन थालेपछि नजिकै रहेको कर्मचारी मिलनकेन्द्रबाट सेवाग्राहीलाई अनलाईन फर्म भर्ने काममा सहजीकरण गर्न थालिएको उनले बताए । मनपरी गरेर बढी रकम असुल्न थालेपछि ५० रुपैयाँमा कर्मचारी मिलनकेन्द्रबाट सेवादिने काम शुरु भएको प्रजिअ दाहालले बताए ।

कसरी पाउने राहदानी

पछिल्लो समय नागरिकलाई सास्ती नहोस् भनेर अनलाईनबाट राहदानीको फर्म भर्ने व्यवस्था गरिएको छ । ई पासपोर्टको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट पनि यो काम हुँदै आएको छ । अनलाईन सफ्टवेयर सबैको लागि खुला गरिएको छ । फर्म भर्ने काम जोकोहीले सहज रूपमा गर्न सक्ने व्यवस्था गृह मन्त्रालयअन्तर्गत राहदानी विभागले गर्दै आएको छ ।

नागरिक र सेवाग्राहीले पनि व्यक्तिगत रूपमा फर्म भरेपछि जिल्ला प्रशासन कार्यालयमा आएर फोटो खिचाउने र राजश्व तिर्नेका लागि जानुपर्छ, त्यति गरेपछि अनलाईनबाट नै प्रशासनका कर्मचारीबाट त्यो फर्म समिट गर्ने गरिन्छ । राहदानी विभागमा अनलाईन सिस्टमबाट गएको विवरणको आधारमा प्रिन्ट भएको राहदानी विभागले जिल्ला प्रशासन कार्यालयमा पठाउँछ र वितरण गर्ने गरिन्छ । यस्तो अनलाईन फर्म सेवाग्राही स्वयम्‌ले फारम भर्न सक्ने व्यवस्था छ । यति हुँदा हुँदैपनि केही व्यक्ति सहजीकरणका लागि कम्प्युटर सेन्टरहरू र फोटो स्टूडिओहरूमा फर्म भर्नको लागि जाने गरेको प्रशासनको भनाइ छ ।

सेवाग्राही आफैँले चाहिएको बेला मात्र फर्म भर्ने र अनलाईनमा सहभागी हुने गरेको भएपनि केही कम्युटर सेन्टर र व्यक्तिले सफ्टवेयरमा विवरण नै गलत भरेर सफ्टवेयर होल्ड गर्ने र सेवाग्राहीबाट रकम असुल्ने काम हुन थालेपछि प्रशासन सतर्क हुन थलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *