विश्वकप लिग टु

नेपाललाई युएईसँग बदला लिने अवसर

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल आज युएईसँग खेल्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले आफ्नो दोस्रो खेल घरेलु टोली युएईसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान ११स्१५ शुरु हुनेछ । युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिन खोज्नेछ ।

युएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा छ । त्यसैगरी ओमानले २८ खेलमा १७ खेलमा जित तथा ९ खेलमा हार बेहोर्दै ३६ अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै युएई १५ खेलमा ८ जित र ५ हार तथा एक खेलमा अंक बाँड्दै १८ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार तथा २ खेलमा अंक बाँड्दै १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने नामिबिया १४ खेलमा ७ जित र ७ हारका साथ १४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । त्यसैगरी पपुवा न्युगिनी १४ खेलमा सबै खेलमा हार बेहोरेर अंक तालिकामा पुछारमा रहेको छ ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग-२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्रिकोणात्मक सिरिजका लागि कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय टिम युएई पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *