सोमपाल चम्किएपछि यूएई दबाबमा

काठमाडौँँ । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत यूएईसँग पहिले फिल्डिङ गरिरहेको नेपालले बलिङमा उत्कृष्ट शुरुवात गरेको छ ।

दशौँ ओभरको खेल सकिँदा यूएईले ३५ रन जोड्न ३ विकेट गुमाइसकेको छ । नेपालका लागि तीनै विकेट सोमपाल कामीले लिएका छन् ।

उनले मोहम्मद वासिम, बृत्य अरबिन्द र चिराग सुरीको विकेट लिएका हुन् । वासिमले २१ रन बनाएका थिए भने अरबिन्द ३ र सुरी ६ रनमा आउट भए। सोमपालको उत्कृष्ट प्रदर्शनसँगै यूएई दबाबमा परेको छ ।

अहिलेसम्म खेलमा ५ ओभर बलिङ गरेका सोमपालले १४ रन दिएर ३ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *