यूएईसँग नेपालकाे उत्कृष्ट शुरुवात

काठमाडौँँ । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत यूएईसँग पहिले फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।

११ ओभरको खेल चल्दै गर्दा यूएईले ३५ रन जोड्न ४ विकेट गुमाएको छ । नेपालका लागि चौथो विकेट करण केशीले लिएका छन् । उनले आसिफ खानलाई २ रनमा आउट गरे ।

शुरुवातका तीनै विकेट सोमपाल कामीले लिए । सोमपालले मोहम्मद वासिम, बृत्य अरबिन्द र चिराग सुरीलाई आउट गरे । वासिमले २१ रन बनाएका थिए भने अरबिन्द ३ र सुरी ६ रनमा आउट भए । ५ ओभर बलिङ गरेका सोमपालले १४ रन दिएर ३ विकेट लिएका छन् ।

नेपालको उत्कृष्ट शुरुवातसँगै यूएई केही दबाबमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *