फराकिलो जितसँगै पीएनजीले लियो यूएईसँग बदला

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराएको छ । प्रतियोगिता अन्तर्गतको त्रिदेशीय शृंखलामा यूएईसँग को दोस्रो खेलमा शनिबार पीएनजीले ६ विकेटको फराकिलो जित हात पारेको हो ।

१४८ रनको लक्ष्य पीएनजीले ३६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । पीएनजीलाई जिताउन आसद भालाले नट आउट ६८ र चाल्र्स अमिनीले ३६ रन बनाए ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै १४७ रनको सामान्य योगफल मात्र तयार गर्न सक्यो । उसका रोहन मुस्तफाले ८८ बसिल हमिदले २० रन जोड्नुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पीएनजीका अलि नाओले ४, चाड सुपरले ३ र रिले हेकुरेले २ विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा पीएनजी यूएईसँग पराजित भएको थियो । यो जितसँगै पीएनजीले त्यो हारको बदला लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *