आर्सनलले पूरा गर्यो प्रिमियर लिगमा २ हजार गोल
काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले २ हजार गोलको कोसेढुङ्गा पुरा गरेको छ । शनिबार भएको खेलमा एस्टन भिल्लालाई १–० ले हराएसँगै आर्सनलले २ हजार गोल पुरा गर्यो ।
जारी सिजन आर्सनलले शीर्ष चारको सम्भावनालाई पनि बलियो बनायो । शनिबार भएको खेलमा ३ अंक जोडेसँगै उसले युनाईटेड सँगको अंक दुरी ४ अंकमा पुर्याउन सफल भयो । युनाईटेड भन्दा आर्सनलले अझै एक खेल कम खेलेको छ ।
पछिल्ला सात खेलमा छैटौँ जित दिलाउने क्रममा आर्सनलका लागि बुकायो साकाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले ३० औँ मिनेटमा गरेको गोल आर्सनलको प्रिमियर लिग इतिहासमा २ हजारौँ गोलका रूपमा रह्यो ।
जितसँगै अंक तालिकामा २८ खेलबाट ५४ अंक बनाउन आर्सनल सफल भयो । तेस्रो स्थानको चेल्सीको पनि २८ खेलबाट ५९ अंक रहेको छ । २९ खेल खेलेको म्यानचेस्टर युनाईटेड ५० अंकका साथ पाँचौँ स्थानमा रहेको छ । शीर्ष स्थानको सिटीको ७० अंक रहँदा लिभरपुल ६९ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।