मोरङको लेटाङ्गमा तनाव, एकजना प्रहरी गम्भीर घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविका एकजना शिक्षकलाई विद्यार्थीमाथि याैन दुर्व्यवहार गरेको आरोप लागेपछि लेटाङ तनावग्रस्त बनेको छ ।

विद्यालयकै एक शिक्षकले कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको विरोधमा आइतवार साँझ विद्यालयमा आगजनी भएको छ । शिक्षकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक, विद्यार्थी र अभिभावकले प्रधानाध्यापकको कार्यकक्षमा आगजनी गरेको जानकारीमा आएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताए । घटनापछि लेटाङ तनावग्रस्त भएको छ ।
घटनापछि दोहोरो झडप हुँदा केही प्रहरी घाइते भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘हामी तनावमा छौँ’, प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अवस्था केही बिग्रिएको छ ।’

घटनाबारे जानकारी दिँदै लेटाङका मेयर राईले भने, ‘प्रहरी आएर शिक्षकलाई लिएर जाने क्रममा एक महिला प्रहरी छुटेको र त्यही क्रममा स्थानीयको छुरा प्रहारबाट उनी गम्भीर घाइते भएको जानकारीमा आएको छ।’ घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको कमाण्डमा टोली परिचालित छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *