लेटाङ झडपमा गम्भीर घाइते महिला प्रहरीको मृत्यु भएको अस्पतालद्वारा पुष्टि

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा गम्भीर घाइते भएकी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर अवस्थामा शुभकामना अस्पताल लेटाङ लगिएकी श्रेष्ठको मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुको धड्कन र श्वासप्रश्वास नै नचलेपछि अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।

अस्पतालका अनुसार श्रेष्ठकाे अस्पताल ल्याउनुअघि नै  मृत्यु भइसकेको थियो । अस्पतालमा भएका मेडिकल कर्मचारीले मृत्यु भएको जानकारी दिएपछि उनलाई प्रहरीको गाडीमा हालेर अन्यत्र लगिएको अस्पताल प्रशासनले जनाएको छ । यता प्रहरी प्रशासनले भने उनकाे मृत्यु पुष्टि गरेकाे छैन ।

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविका एकजना शिक्षकलाई विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा श्रेष्ठ घाइते भएकी थिइन् ।

प्रहरीले शिक्षकलाई विद्यालयमै सुरक्षा दिएर राखेको भन्दै आक्रोशित विद्यार्थी, स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *