युएईसँग नेपालको खेल आज : ब्याटिङमै निराशा, ब्याटिङकै आशा !
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम अहिले आइसिसी विश्वकप क्रिकेट लिग टु को अभियानमा छ । २०१९ यता ७ देश बिच जारी यो शृङ्खलामा हरेक पटक त्रिकोणात्मक सिरिज अन्तर्गत तीन देशले एक अर्कासँग प्रतिस्पर्धा गर्दै आएका छन् । जसमा यो पटक नेपाल, युएई र पपुवा न्युगिनीसँग खेलिरहेको छ । शृङ्खलाका सुरुवाती दुई खेलमा नेपालले एकमा जित र एकमा हार ब्यहोरेको छ ।
नेपालको आज युएईसँग दोस्रो खेल खेल्दै छ । यो नेपालको युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौँ खेल हो । युएईसँग नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा अनेक रेकर्ड छन् । अर्थात् युएईसँग नेपालले एकदिवसीय करिअरमा सर्वाधिक रन बनाउने र युएईलाई सर्वाधिक दोस्रो ठूलो रन अन्तरले हराएको कीर्तिमान पनि छ । अर्कोतिर, युएईसँगै सर्वाधिक कम स्कोर बनाएको कीर्तिमान पनि छ । अर्थात् समग्रमा युएईसँग नेपालको प्रदर्शन भनेको ‘ब्याटिङकै आस र ब्याटिङमै निराश’ रहँदै आएको छ ।
२६ जनवरी २०१९ मा युएईमा नै भएको एकदिवसीय अन्तर्राष्ट्रियमा आयोजक युएईसँग नेपालले सर्वाधिक २ सय ४२ रनको स्कोर बनाएको थियो। यो खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा युएईकै मैदानमा सर्वाधिक रन जोड्यो । त्यही खेलमा नेपालले निकालेको १ सय ४५ रनको जित एकदिवसीय क्रिकेटमा दोस्रो ठुलो रन अन्तरको जित हो । उक्त खेलमा युएई केवल ९७ रनमै प्याक भएको थियो ।
त्यसको दुई दिन अघि अर्थात् २५ जनवरी २०१९ मा भएको खेलमा नेपाल युएईसँग केवल ११३ रनमा नै समेटियो जुन एकदिवसीय क्रिकेटमा नेपालको सर्वाधिक कम स्कोर हो । नेपालले उक्त समय पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । जसमा २-१ को जित निकाल्दै शृङ्खला कब्जा गरेको थियो ।
त्यो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय शृङ्खलासहित नेपालले युएईसँग कुल पाँच खेल खेलेको छ । जसमा ३ खेलमा युएई विजयी भएको छ । पछिल्लो पटक नेपाल गत शुक्रबार (१८ मार्च) मा भएको खेलमा ४८ रनले पराजित भएको थियो । नेपालको ब्याटिङले निराश बनाएको यो खेलमा नेपालले ५० ओभरमा १६८ रनको सामान्य लक्ष पनि भेटाउन सकेन केवल १ सय २० रनमानै समेटियो ।
नेपालले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक कम स्कोरका रुपमा रह्यो । अर्थात् युएईसँगनै सर्वाधिक धेरै रनको स्कोर अनि सर्वाधिक कम रनको पहिलो र दोस्रो कीर्तिमान पनि बनेको छ नेपालको ।
अब युएईसँगनै नेपालको खेल फेरि ‘ब्याटिङ’ मा नै भर पर्ने छ । तर नेपालको परम्परागत कमजोरी भनेकै ब्याटिङमा स्थिरता नहुनु हो । कम्तीमा विश्वकप यो महाअभियानमा कायम रहन पनि जित अत्यावश्यक छ । त्यसैले युएई विरुद्ध सोमबार हुने खेलमा नेपाललाई गल्ती गर्ने छुट छैन । एकदिवसीय खेलको औसत स्कोर २ सय ४० माथिको अपेक्षा सामान्य हुने गर्छ ।
यस पटकको युएई भ्रमणमा पनि ब्याटरमामि किन जिम्मेवारीपूर्ण ब्याटिङ भएन ? भन्ने प्रश्न उठिसकेको छ । अझैपनि नेपालको हातबाट शीर्ष तीनको अभियान उम्किसकेको छैन । तर सामान्य स्कोरमा पनि अंक लिन नसके यो अभियान पनि चाँडै नै नेपालको हातबाट बाहिरिने छ । सिरिजमा सर्वाधिक कम १० खेल खेलेको नेपालले १० अंक जोडेको छ ।
त्यसैले अन्तिमबाट दोस्रो स्थान अर्थात् छैटौँ स्थानमा रहेको नेपाल शीर्ष तीनमा रहनेकी पछिल्लो क्रममानै यात्रा अन्त गर्ने त्यसको केही हद सम्मको बाटो युएई र पिएनजीसँगका बाँकी रहेको दुई खेलले गर्ने छ । जहाँबाट नेपालको ४ अंकको निर्णय हुने छ ।