युएईसँग खेल्न लागेको नेपालको टिममा तीन परिवर्तन

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग टू प्रतियोगितामा नेपाल आज युएईसँग खेल्दैछ । युएईमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ्ग गर्ने भएको छ ।

यसअघि नेपाल युएईसँग ४८रनले पराजित भएको थियो। युएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमै अलआउट भएको थियो ।

आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा मौका पाएका सागर ढकाललाई आज विश्राम दिइएको छ । यस्तै ओपनर आसिफ शेख र बलर कमलसिंह ऐरीलाई पनि आराम गराउँदै पवन सर्राफ, विक्रम सोब र विनोद भण्डारीलाई मौका दिइएको छ ।

आशिफको अभावमा विनोदले विकेट किपिङ गर्नेछन् । ओपनिङ्गमा सम्भवतः कुशल भुर्तेललाई ज्ञानेन्द्र मल्लले साथ दिनेछन् । प्रतियोगिता अन्तर्गतको अर्को खेलमा भने नेपालले पपुवा न्युगिनीलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *