युएईको सुस्त तर सम्हालिएको शुरुवात
मकालु खबर
२०७८ चैत ७ गते
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग टू मा नेपालसँग पहिले ब्याटिङ गरिरहेको युएईले सुस्त तर सम्हालिएको शुरुवात गरेको छ ।
युएईमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको युएईले १३ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ४५ रन बनाएको छ ।
युएईका मोहम्मद वासिम २७ र चिराग सुरी ९ रनमा नटआउट छन् । नेपालले अहिलेसम्म सोमपाल कामी, करण केसी र विक्रम सोबलाई बलिङ गराएको छ । तीनै जना बलरले अहिलेसम्म विकेट भने लिन सकेका छैनन् ।
आज नेपालले सागर ढकाल, आसिफ शेख र कमलसिंह ऐरीको ठाउँमा पवन सर्राफ, विक्रम सोब र विनोद भण्डारीलाई मौका दिएको छ । यही शृङ्खलाको यसअघिको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो ।
मकालु खबर
२०७८ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित