ज्ञानेन्द्र प्लेइङ इलाभेनमा परेनन्, भीमको राष्ट्रिय टोलीमा डेब्यू

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग टू’मा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा शुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपालको शृङ्खलाको यो अन्तिम खेल हो । नेपालले आज ज्ञानेन्द्र मल्लको ठाउँमा भीम सार्कीलाई प्लेइङ इलाभेनमा राखेको छ । उनको राष्ट्रिय टोलीमा डेब्यू हो । भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यही शृङ्खलामा नेपालले यसअघि पीएनजीलाई हराएको थियो । युएईसँगका दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।

नेपालको प्लेइङ इलाभेन
सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, भीम सार्की र पवन सर्राफ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *