चुनावमा गठबन्धन गरे कांग्रेस कमजोर हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेर जान नहुने बताएका छन् । विराटनगरमा नेपली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक गर्ने गर्दै कोइरालाले गठबन्धन कांग्रेसका लागि घातक हुने बताएका हुन् ।

गठबन्धनले कांग्रेसलाई २०७४ कै जस्तो खराब चुनावी परिणाममा पुर्याउने बताए । कार्यकर्ताहरू गठबन्धन नगरी चुनावी अपभयानमा जाँदा परिणाम राम्रो हुने बताउने गरेको पनि उनले सुनाए ।

‘कार्यकर्ताबाट गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘ त्यो भनेको २०७४ सालको निर्वाचनको जस्तै हुनु हो ।’ त्यो बेला पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेको र पछि एमालेसँग मिलेको कोइरालाको भनाई छ।

डा.काेइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन् । विचार र सिद्धान्त नै फरक बोकेर हिँडेका दुई धुर्वका पार्टीका बिचमा चुनावी तालमेल गर्नु ठिक नहुने उनको तर्क छ।

कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरूले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो, नत्र केन्द्रबाट नै चुनावी तालमेल गरेर गठबन्धन गर्न नहुने आफ्नो स्पष्ट धारणा रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *