मैले पनि पार्टीमा जाने निर्णय गरेँ : दीपकराज गिरी
मकालु खबर
२०७८ चैत ९ गते
काठमाडौँ । कलाकार दीपकराज गिरिले कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम चलेकोप्रति व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको मुखमा कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम शुरु भएकोप्रति व्यङ्ग्य गरेका हुन् ।
उनले आफूले पनि पार्टी जाने निर्णय गरेको बताए । ‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू बिस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ !,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’
मकालु खबर
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित