यू-१८ महिला साफ
तीन खेलमा पराजित नेपालको प्रतिस्पर्धा बंगलादेशसँग
मकालु खबर
२०७८ चैत ९ गते
काठमाडौँ । भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्यिनसिपमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्दैछ । भारतको जमशेदपुरमा आयोजना भएको यू १८ महिला साफमा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न लागेको हो ।
यसअघि नेपालले तीन खेलमा हार बेहोरिसकेको छ । जसमा भारतसँग लगातार दुई हार बेहोरेको छ भने बंगलादेशसँग एक हार बेहोरेको थियो । आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।
आजको खेलमा नेपालले जित निकाल्न सके प्रतियोगिताको विजेता भारत हुनेछ । यदि आजको खेलमा बंगलादेशले जित निकालेको अवस्थामा उपाधिको लागि प्रतियोगिताको अन्तिम खेल पर्खनु पर्नेछ । डबल राउन्ड रोविनको शीर्षस्थानमा रहने टिमले यू १८ महिला साफको उपाधि जित्नेछ ।
मकालु खबर
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित