रोहित बने एकदिवसीयमा सबैभन्दा धेरै अर्धशतक बनाउने नेपाली खेलाडी
मकालु खबर
२०७८ चैत ११ गते
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका ब्याटर रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै अर्धसतक बनाउने खेलाडी बनेका छन् ।
पपुवा न्यूगिनीसँगको जारी खेलमा ५० रन पूरा गरेसँगै उनको नामका एकदिवसीय अन्तराष्ट्रिय अर्धशतकको संख्या पाँच पुगेको हो ।
नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४ र पारस खड्काले २ अन्तराष्ट्रिय अर्धशतक बनाएका छन् । कीर्तिपुरमा भइरहेको खेलमा रोहितले ५४ बलमा ५० रन पूरा गरेका हुन् ।
उनले पाँचौ विकेटका लागि आरिफ शेखसँग अविजित ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाइरहेका छन् ।
मकालु खबर
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित