युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका व्यक्तिले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम ५० हजारदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्यूनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोडसम्म हुने वयवस्था रहेको छ ।

प्रत्येक तीन वर्ष पूरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था छ ।

साथै बीमालेख लिएको मितिले तीन वर्ष पूरा भएपछि समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तीन वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएको बीमा उक्त योजना बीमा गर्नेको हितमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *