महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल इभेन्टस् प्रालिमा छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अरिकल इभेन्टस् प्रालि बीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापछि महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस् प्रालिमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहक महानुभावले विभिन्न खानाका परिकारमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाबाट विभिन्न जनचेतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नम्बर १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *