नेपाल बङ्गलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ । ग्लोबल मनी विक २०२२ का अवसरमा नेपाल बङ्गलादेश बैंकको कलकत्ता शाखाले स्थानीय बेलौरी नगरपालिका वडा नं. ८ मा वित्तिय साक्षरता अभिबृद्घि कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त विकअन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारीवर्ग तथा स्थानीय जनप्रतिनिधि गरी जम्मा १५० जनालाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख पंकज भट्टले डिजिटल माध्यमबाट बैकिङ्ग सेवा, विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीलाई जानकारी गराएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *