महान्यायाधिवक्ता खातीलाई गृह जिल्लामा भव्य स्वागत (तस्बिरहरू)

बाजुरा । महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ । नेपाल सरकारबाट महान्यायाधिवक्ता नियुक्त भएपछि बाजुरा पुगेका महान्यायाधिवक्ता खातीलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको हो ।

जिल्लाको टाटे स्वास्थ्य चौकीमा आयोजित ३ दिने स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गरेर सदरमुकाम मार्तडी पुगेका उनलाई जिल्लास्थित सरकारी कार्यालयमा स्वागत गरिएको थियो भने स्थानीयले पनि फूलमालासहित स्वागत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दीपक विष्टले स्वागत गरेका थिए । यसैगरी सरकारी वकिलको कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा स्वागत तथा मायाको चिनो हस्तान्तरण गरिएको नेविसंघ बाजुरा-काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार सो क्रममा जिल्ला कारागारमा फलफूल वितरण गरिएको थियो । देशको उच्च न्यायिक पदको जिम्मेवारी बाजुराले पाउनु जिल्लावासीका लागि गौरवको कुरा भएको उनीहरूले बताएका थिए । आज महान्यायाधिवक्ता खातीको सहभागितामा बढिमालिका नगरपालिकामा महान्यायाधिवक्ताको कार्यालयका काम कर्तव्य र अधिकार सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *